भक्तपुरः मध्यपुर थिमि नगरपालिका–९ राधेराधेमा बिहीबार राति टिपरको ठक्करबाट साइकलयात्री गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते हुनेमा पाँचथरको शिवा नगरपालिका–८ घर भई हाल भक्तपुर नयाँठिमी बस्ने ३० वर्षीय उमेश मगर रहेका छन् ।

शाखा सडकबाट मुख्य सडकतर्फ निस्कदै गरेको बा ४ ख २९२२ नम्बरको टिपरले साइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उनको मध्यपुर अस्पताल ठिमीमा घाइतेको उपचार भइरहेको छ ।

टिपर चालक फरार भएकोले खोजी भइरहेको महानगरीय प्रहरी बृत ठिमीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज ३० शुक्रबार, १३:०१