भक्तपुरः भक्तपुरको मध्यपुर थिमिमा कौडा खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।

मध्यपुर थिमि नगरपालिका–८ बोडे बस्ने अम्बर कृष्ण अवालको नगदेश स्नोकर हाउसमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ पुरानोठिमी बस्ने ४५ वर्षीय राजकुमार चित्रकार लगायत १० जनालाई प्रहरीले आज साँझ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ६४ हजार १ सय ३५ रुपैयाँ र कौडा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २ मंगलबार, १७:२३