भक्तपुरः मध्यपुर थिमि नगरपालिका–४ एसओएस चोकमा सोमबार राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुरमै बस्ने २९ वर्षीय राजु तामाङ रहेका छन् ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७३ प ३८२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई पल्टिँदा घाइते भएका उनलाई उपचारका लागी नर्भिक अस्पताल थापाथली ल्याउने क्रममा बाटोमै मृत्यु भएको महानगरीय प्रहरी बृत्त ठिमीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १६ मंगलबार, ०८:३६