भक्तपुरः मध्यपुर थिमि नगरपालिका–६ ठिमी कुण्डोलमा ठाकुर अधिकारीले बनाउँदै गरेको निर्माणाधिन पक्की घरको दोस्रो तलामा काम गर्दा अचानक लडेर एक कामदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६ घर भई हाल मध्यपुर थिमि नगरपालिका–६ कुण्डोल बस्ने ४० वर्षीय प्रेम मगर रहेको कहानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

शनिबार निर्माणाधिन पक्की घरको दोस्रो तलामा काम गर्दा अचानक लड्न गई गम्भीर घाइते भएका मगरको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उनले बताए ।



प्रकाशित मितिः २०७७ साल माघ १६ गते शुक्रबार, ११:५६