काठमाडौंः शिक्षा मन्त्रालयले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय र क्याम्पसहरुलाई पुरस्कृत गरेको छ ।

मन्त्रालयले देशभरबाट छानिएका १८ वटा उत्कृष्ट विद्यालय र क्याम्पसलाई सम्मान गरेको हो ।

जसमा माध्यामिक तर्फ १० कक्षा सम्मका सामुदायिक विद्यालयहरुमा भक्तपुरको मेधा माध्यामिक विद्यालय, गुल्मीको रेसुङ्गा माध्यामिक विद्यालय र काठमाडौंको तरुण माध्यामिक विद्यालय पुरस्कृत भएका छन् । संस्थागततर्फ भने काठमाडौंको रिलायन्स इन्टरनेशनल एकेडेमी, काभ्रेको नेपाल पुलिस स्कुल र काठमाडौंको भ्याली इंग्लिस स्कुल पुरस्कृत भएका हुन् ।

कक्षा १२ सम्मको माध्यमिक शिक्षा, सामुदायिक विद्यालयतर्फ कास्कीको अमरसिंह माध्यमिक विद्यालय पहिलो, मोरङको सुकुना माध्यामिक विद्यालय दोस्रो र पर्वतको भवानी विद्यापीठ माध्यामिक विद्यालय तेस्रो भएका छन् ।


पुरस्कृत हुने विद्यालयमध्ये प्रथमलाई तीन लाख, द्वितीयलाई २ लाख र तृतीय हुनेलाई १ लाख रकम प्रदान गरिएको छ ।

यस्तै प्राविधिक शिक्षातर्फका आंगिक विद्यालयहरुमा काठमाडौं बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, पाल्पाको तानसेन स्कुल अफ हेल्थ साइन्स र सिन्धुलीको जनज्योति माध्यामिक विद्यालय रहेका छन् ।

जनही १ लाख राशीसहित पुरस्कृत गरिएको छ ।

यता उत्कृष्ट क्याम्पसतर्फ ललितपुरको पुल्चोक क्याम्पस, सिरहाको जेएस मुरारका बहुमुखी क्याम्पस र काठमाडौंको बर्नहार्ट कलेजलाई जनही २ लाख ५० हजार रकमसहित पुरस्कृत गरियो ।


प्रकाशित मितिः आइतबार, २२ भाद्र, १७:१४