भक्तपुरः भक्तपुरका विभिन्न ठाउँबाट मोटरसाइकल चोर्ने चार जना पक्राउ परेका छन् ।

बिहिबार राती १० बजे भक्तपुर नगरपालिका–४ राममन्दिर र चाँगुनारायण नगरपालिका–९ ताथलीबाट मोटरसाइकल चोरी भयो भन्ने खबर प्राप्त हुनासाथ तत्कालै महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले भक्तपुर जिल्ला चाँगुनारायणनगरपालिका–९ ताथलीमा चेकजाँच गर्ने क्रममा बा ८३ प ७७७३ नम्बरको मोटरसाइकलसहित २ जनालाई फेला परि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

सुर्यविनायक नगरपालिका–८ सुर्यविनायकबाट प्र. ३–०२–००८ प ७५८५, र प्र. ३–०२–०१४ प ०५९४ नम्बरको मोटरसाइकल सहित शुक्रबार दिउँसो दुई जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।


पक्राउ पर्नेमा दोलखा सैलुङ गाँउपापालिका–२, घर भई हाल भक्तपुर सुर्यविनायक नगरपालिका–८ बस्ने २३ वर्षीय सोनाम वाईबा र सोही स्थानका १९ वर्षीय फुर्बा घिसिङ रहेका छन् । त्यस्तै, आज पक्राउ पर्नेमा दोलखा शैलुङ गाँउपालिका–२, घर भई भक्तपुर बस्ने १८ वर्षीय संजिव तामाङ र सिन्धुपाल्चोक लिसंखुपाखर गायँपालिका–२ घर भई पुरानोठिमी बस्ने २१ वर्षीय जिवन तामाङ रहेका छन् ।

पक्राउ परेकाहरुलाई भक्तपुर जिल्ला अदालतमा पेश गरी चोरीको कसुरमा दिन ५ म्याद लिई थप अनुसन्धान तथा कारवाही भईरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २६ गते शुक्रबार, २१:३७