भक्तपुरः मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीबाट १० जुवाडे पक्राउ परेका छन् ।

प्रहरीले लोकन्थलीस्थित बा २ ख ६२०५ नम्बरको बसभित्र जुवातास खेलिरहेको अवस्थामा काठमाडौं जडीबुटी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ घर भएका ३० वर्षीय गोपी कुँवर लगायत १० जनालाई बिहीबार राति पक्राउ गरेको हो ।

नगद १ लाख ६३ हजार ४ सय १५ रुपैयाँ र २ बुक ताससहित महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, पुस १८, १२:२६