भक्तपुरः भक्तपुर नगरपालिका–१ सल्लाघारी एरियाबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

डा. इवामुरा अस्पताल अगाडि सडकबाट नियन्त्रित लागूऔषध ३ सय थान डाईजेपाम, ३ सय थान नोर्फिन र ३ सय थान फेनारगन सहित भारत बेतिया सिक्टा बस्ने ४७ वर्षीय आनन्दराम चमारलाई आज बिहान प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उक्त स्थानमा लागूऔषध किनबेच गर्ने व्यक्तिहरुको गतिविधि छ भन्ने खबर प्राप्त हुनासाथ परिसरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।


पक्राउ परेका उनलाई जिल्ला अदालत भक्तपुरमा पेश गरी दिन ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन ९ गते आइतबार, २०:०७