भक्तपुरः मध्यपुर थिमि नगरपालिका–२ सानोठिमीस्थित दिव्य ज्योती साईटिफिक ट्रेडिङ कन्सर्नको गोदामबाट औषधी तथा सर्जिकल सामानहरु चोरी गरेको अभियोगमा ४ जनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमी बस्ने २२ वर्षीय रिजन थापा मगर लगायत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले पुस २५ गते उक्त गोदामबाट औषधी तथा सर्जिकल सामानहरु रिजनको घरमा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले चोरी गरेको ३५ थान भ्त्ज्ब्ल्इी ब्द्यक्इीग्त्भ् ब्च् न्च्ब्म्भ्, १० थान इह्थ्न्भ्ल् ँक्ष्ल्भ् ब्म्व्ग्क्त्ःभ्ल्त् ख्ब्ीख्भ् लगायतका विभिन्न औषधी तथा सर्जिकल सामानसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।


उनीहरु माथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ ५ गते सोमबार, १७:२९