भक्तपुरः मध्यपुर थिमि नगरपालिका–२ सानोठिमीस्थित अनुदान चोकबाट नगद १ हजार रुपैयाँ दिँई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा सानोठिमी बस्ने काभ्रे बनेपा नगरपालिका–१४ घर भएका ४० वर्षीय गणेश थापालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा १९ च १६७८ नम्बरको कार जाँच गर्ने क्रममा आवश्यक कागजपत्र नभएको फेला पारी नियन्त्रणमा लिने क्रममा गणेशले उक्त रकम दिन खोजेपछि प्रहरीले सो रकम र कार सहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ७ गते मंगलबार, १५:५९