भक्तपुरः नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर भक्तपुर नगरपालिकाले दुधपाटीस्थित प्रसिद्ध सिद्धपोखरीमा नौका बिहार (डुंगा) सञ्चालनमा ल्याएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नौका बिहार गर्दै सिद्धपोखरीमा नौका बिहार सुरु गरेका हुन् ।

नगरपालिकाका प्रमुख प्रजापतिले ढुंगा सञ्चालनलाई व्यवस्थित बनाउन कार्यविधि नै बनाएर अगाडि बढ्ने बताए ।

औपचारिक कार्यक्रमपश्चात भक्तपुर नगरपालिकाका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुले सिद्धपोखरीमा डुंगा शयर गरेका थिए ।


प्रकाशित मितिः बुधबार, पुस १६, १६:०३