भक्तपुरः अरनिको राजमार्गअन्तर्गत भक्तपुर नगरपालिका–१ सिर्जनानगरमा स्कुटरले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फरकुवावाद भारतका २५ वर्षीय नरेन्द्र पाल रहेको महानगरीय प्रहरी वृत्त भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो बा ९२ प ३४०९ नम्बरको स्कुटरले काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको एनएल ०१ एडी ५९१८ नंं.को कन्टेनरका सहचालक पाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

कन्टेनर ब्याक गर्ने क्रममा पाल गाडीबाट झरेर साइड मागिरहेका थिए । त्यही बेला स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मत्यु भएको प्रहरीले जनाएको छ ।


स्कुटर र चालक भक्तपुर सूर्यविनायक नगरपालिका–९ नलिन्चोकका बसन्त देउजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः आइतबार, पुस २०, ०७:१७