भक्तपुरः भक्तपुरको सुर्यविनायकमा सोमबार राति टिपरको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् ।

घाइते हुनेमा काठमाडौंको बौद्ध बस्ने सिन्धुपाल्चोकको लिसङखु पाखर गाउँपालिका–१ का ५२ वर्षीय चीन बहादुर तामाङ रहेका छन् ।

बा ५ ख ४०४९ नम्बरको टिपरले पैदल हिंडिरहेका तामाङलाई ठक्कर दिएको थियो । घाइतेलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको छ ।

ठक्कर दिने टिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १८ गते मंगलबार, १०:४६