भक्तपुरः भक्तपुरको सुर्यविनायक गणेश मन्दिर नजिकै ट्याक्टरले ठक्कर दिँदा एक पुरुष गम्भीर घाइते भएका छन् ।

बुधबार साँझ साढे ५ बजे ना ५ त ४७६७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा नाम थर नखुलेका पुरुष गम्भीर घाइते भएका हुन् ।

घाइतेको न्युरो अस्पताल वाँसबारीमा उपचार भइरहेको महानगरीय प्रहरी वृत जगातीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


प्रकाशित मितिः बिहीबार, असोज १६, १०:२५