भक्तपुरः सूर्यबिनायक नगरपालिका–६ सूयविनायकबाट अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा खोटाङ सत्यश्वर गाउँपालिका–९ घर भई हाल काठमाडौं कागेश्वरी मनहरा बस्ने ४० वर्षीय मिलन केसी र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–१ घर भई कागेश्वरी मनहरा बस्ने ३५ वर्षीय राम बहादुर रायमाझी रहेका छन् ।

बा ३ ख २२२६ नम्बरको साझा बसमा गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उक्त बसबाट १ केजी ५ सय ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनसुन्धान गरिरहेको छ ।



प्रकाशित मितिः मंगलबार, साउन २७, २०७७, १६:२०