भक्तपुरः भक्तपुर नगरपालिका–९ च्यामासिंह सूर्यमढीस्थित डिउटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–९ च्यामासिंह सूर्यमढी बस्ने ३२ वर्षीय विजय नकर्मी र सोही ठाउँ बस्ने १९ वर्षीय रितिक प्रजापति रहेका छन् ।

उक्त स्थानमा सोही ठाउँ बस्ने गिता कोजुको मोबाईल हराएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले मोबाइल खोजी सोही ठाउँस्थित पाटीमा फेला पारी सम्बन्धित धनिलाई बुझाएपश्चात विजय र रितिकले प्रहरीलाई एक्कासी हातपात एवं दुर्व्यवहार गरेपश्चात उनीहरुलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ३० गते मंगलबार, १८:५५