भक्तपुरः सुर्यबिनायक नगरपालिका–५ सृजनानगरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

घाइते हुनेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ का २५ वर्षीय चन्द्र बहादुर थापा रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान साढे ७ बजे प्रदेश ३, ०२–००३प ७४९ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा चालक थापा घाइते भएका हुन् । उनको सल्लाघारी स्थित डा. ईवामुरा मेमोरियल अस्पतालमा उपचार भैरहेको छ ।


प्रकाशित मितिः मंगलबार, पुस १, १२:२२