भक्तपुरः भक्तपुरबाट अवैध लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–२ ब्यासी कालीघाट बस्ने ३१ वर्षीय श्याम कृष्ण लासिवा रहेको प्रहरीले जनाएको छ ।

उनलाई करिब २ सय ८५ ग्राम अवैध लागूऔषध पोल्याण्ड सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

लासिवाको घरमा लागूऔषध रहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले घर तलासी लिने क्रममा उक्त पोल्याण्ड सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।


प्रकाशित मितिः शुक्रबार, असोज १६, २०७७, १९:३८