काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट चोरी भएको मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ ।

पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आज गौशाला क्षेत्रबाट जिल्ला सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–९ घर भई साँखु बस्ने २५ वर्षीय रुद्र बहादुर श्रेष्ठले बास्तविक नम्बर प्लेट परिवर्तन गरी बा ९९ प ४११४ नम्बरको मोटरसाइकल चलाइरहेको अवस्थामा मोटरसाइकल सहित पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

उक्त मोटरसाइकल सिन्धुपाल्चोक तौथली घर भई साँखु बस्ने २६ वर्षीय बिक्रम भन्ने भुवनराज श्रेष्ठले दिएको खुल्न आएको छ ।


भक्तपुर नगरपालिका–४ बस्ने सुमन सुवालको बास्तबिक नम्बर बा ९४ प ९३३८ भएको मोटरसाइकल भक्तपुर सुर्यबिनायकबाट हराएको भनि यस महाशाखामा निवेदन दिएका थिए । हराएको निबेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमा खोजतलास गरि हराएको मोटरसाइकल र चोरीमा संलग्न २ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, जगाती पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।


प्रकाशित मितिः २०७७ साल माघ ४ गते आइतबार, १९:११