भक्तपुरः भक्तपुर नगरपालिका–२ कालोपाटीबाट तास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ४० वर्षीय नवराज श्रेष्ठ लगायत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख १२ हजार ३ सय ५० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २३ आइतबार, १५:३१