भक्तपुरः भक्तपुरमा डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–३ ग्वाछे बस्ने ३२ वर्षीय श्यामकृष्ण गोसाई र चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने २७ वर्षीय संजिब ब्लोन रहेको प्रहरीले जनाएको छ ।

भक्तपुर नगरपालिका–८ च्यामासिंहमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै हिँडिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले फेला पारी सम्झाई बुझाई गर्दा प्रहरीलाई अभद्र व्यवहार गरेपछि उनीहरुलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रकाशित मितिः शनिबार, साउन ३१, २०७७, १८:२८