भक्तपुरः मध्यपुर ठिमी नगरपालिका–९ निलबाराही मुलपानी पुलमा महानगरीय प्रहरी वृत्त ठिमीबाट डिउटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले बिहीबार राति दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं गोकर्ण बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३२ वर्षीय रेल बहादुर तामाङ लगायत २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बा ४० प ९६०१ नम्बरको मोटरसाइकलमा आएका उनीहरुलाई जाँच गर्ने क्रममा प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपश्चात उनीहरुलाई पक्राउ गरेको हो ।

साथै घटनामा संलग्न रही फरार सोही मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शुक्रबार, असोज ९, २०७७, १९:०३