भक्तपुरः नेपाल ट्रेड युनियन कांग्रेस भक्तपुरले जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठान (जिलाफ) को सहयोगमा सञ्चालन गर्दै आएको निःशुल्क अनौपचारिक शिक्षा स्कुलको भवन उदघाटन भएको छ ।

जिलाफका अन्तर्राष्ट्रिय अध्यक्ष हिरोयुकी नागुमो र ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्यले संयुक्त रुपमा रिवन काटी उदघाटन गरेका हुन् ।

उदघाटन समारोहमा जिलाफका अध्यक्ष नागुमोले ट्रेड युनियन कांग्रेसले गरेको गतिविधिले जिलाफको सहयोगको सार्थकता पाएको बताउँदै जिलाफ स्कुल र युनियन अफिस सामुदायिक कार्य गर्ने केन्द्रको रुपमा विकास हुने विश्वास गरे ।

ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले जिलाफको सहकार्यमा स्कुल, सिपमुलक तालिम र सहकारी स्थापना गरिसकेकोले श्रमिकको जिवनस्तर सुधार गरि ट्रेड युनियन कांग्रेसलाई सामुदायिक कार्य सम्पादनको केन्द्रमा स्थापित गर्ने र यसकार्यलाई सातै प्रदेशमा पुर्‍याउने बताए ।


जिलाफका साइतोले ट्रेड युनियन कांग्रेसको गतिविधिले सहयोग गर्न अझै आवश्यक ठानेको बताए ।

ट्रेड युनियन कांग्रेसका उपमहासचिव गणेश केसीले जिलाफको सहकार्यबाट सञ्चालित कार्यले समाजमा ट्रेड युनियन कांग्रेसप्रति हेर्ने दृष्टिकोण सकारात्मक भएको बताए ।

ट्रेड युनियन कांग्रेसले विभिन्न ९ वटा जिल्लाहरुमा निःशुल्क स्कुल सञ्चालन गर्दै आएको छ । सात वटा जिल्लामा आफ्नै भवन छ ।

कार्यक्रम भक्तपुर जिल्ला अध्यक्ष विष्णु खडकाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रकाशित मितिः आइतबार, मंसिर २२, ११:५४