काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज २४ जना महिला र ४० जना पुरुष गरी कूल ६४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
भक्तपुरमा आज एक जनामा पनि कोरोना संक्रमण देखिएन् भने काठमाडौंमा ५६ जना र ललितपुरमा ८ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४९७ जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५८४ जना, भक्तपुरमा १५ जना र ललितपुरमा ११४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९९ हजार ३०१ जना, भक्तपुरमा ९ हजार ८५ जना र ललितपुरमा १५ हजार ७४५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा १ लाख १ हजार ३८२ जना, भक्तपुरमा ९ हजार २१५ जना र ललितपुरमा १६ हजार १९ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल माघ १७ गते शनिबार, १६:२८
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook