भक्तपुरः ह्यूमत मिसा पुचको आयोजनामा भक्तपुरको क्वाठण्डौंमा आज ख्वप, येंल्ला, येँ, टोखा, बुगमतिमा रहेको आठ जीवित कुमारी पुजा सम्पन्न भएको छ ।

कुमारीहरुको भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जाशी र काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले संयुक्त पुजा गरेको थियो ।

बसन्तपुरको कुमारीमात्र प्रचारमा रहेकोले सबै जीवित कुमारीहरुको प्रचार गर्ने हेतुले जीवित कुमारी पुजाको आयोजनमा गरिएको ह्यूमत मिसा पुचःका अध्यक्ष मचा नानि मर्हजनले बताइन् ।

भक्तपुरको क्वाठण्डौं दिपंकरशील महाबिहारमा रहेको कुमारी पुजाको लागि १० नं वडा कार्यालयले व्यवस्थापन र भक्तपुर स्काउट, भक्तपुर ट्राफिक, स्टार बैक्वेट, कमलबिनायक मन्दिर सुधार समितिको सहयोगमा सम्पन्न भएको भक्तपुर नगरपालिका–१० का वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौंमिखाले बताए ।


पुजामा भक्तपुर, ललितपुर र काठमाडौंका गरी हजारौं जनाको सहभागी रहेको थियो ।

तस्विर फेसबुकबाट


प्रकाशित मितिः शनिबार, माघ ११, १४:३६