
भक्तपुरः सुर्यबिनायक नगरपालिका–४ बालकोट पानी ट्याङ्कीमा शुक्रबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–५ स्थायी वतन भएकी ६१ बर्षीय डुलमाया गौतम रहेकी जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
स्थानीय लोकनाथ लुइटेलको घरमा डेरा गरी बस्ने गौतमले भुँई तलामा गई मेशिनबाट पानी तान्ने क्रममा एक्कासी करेन्ट लागेर गम्भिर घाइते भएको अबस्थामा रहेकोमा उनको छोरा सुमन गौतमले देखी तत्काल उपचारको लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारकै मृत्यु भएको भक्तपुर प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
घटनाको प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
प्रकाशित मितिः १९ साउन २०८० शुक्रबार, १०:००
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook