भक्तपुरः भक्तपुर नगरपालिका–१ मा मंगलबार राति कार दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

घाइते हुनेमा काभ्रेपलान्चोकको कोशी पारी घर भई हाल भक्तपुरकै कमलविनायक बस्ने २७ वर्षीया शर्मिला गुरुङ र गोर्खा घर भएकी कोपिला न्यौपानेका १२ वर्षीय छोरा ईशान रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

बा ५ च ६६०६ नम्बरको कार अनियन्त्रीत भएर पल्टिँदा उनीहरु घाइते भएका हुन् ।

घाइते भएकी तामाङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा र बालक ईशानको सल्लाघारी स्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचार भैरहेको छ ।


प्रकाशित मितिः बुधबार, कार्तिक २७, ०९:०५