भक्तपुरः भक्तपुर नगरपालिका–७ इनाचोका कोरोना भाइरस संक्रमित ६९ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ ।

दम तथा निमोनियाका बिरामी ती पुरुषको असोज २८ डा.इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएपछि उनी होम आइसोलेसनमा बसेको भक्तपुर नगरपालिका–७ का वडाध्यक्ष उकेश कवांले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका ती पुरुषको आज मृत्यु भएको वडाध्यक्ष कवांले बताए ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १ शनिबार, १४:५४