भक्तपुरः सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीनधारेका ८१ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ ।

मुटुसम्बन्धी समस्या रहेका उनको असोज २६ गते सूर्यविनायक नगरपालिकाको घुम्ती स्वाब संकलन टोलीमार्फत पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालबाट फर्केर होम आइसोलेसनमा बस्दै आएका ती व्यक्तिको सोमबार साँझ मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

उनका अनुसार, कोरोना संक्रमण पुष्टि भएपछि थप उपचरको लागि ४ दिन अगाडी उनलाई केएमसी अस्पताल दुवाकोट लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि सिनामंगल स्थित केएमसी अस्पताल लगिएको थियो ।


। तर परिवारले घर फर्काउदाँ उनको होम आइसोलेसनमै मृत्यु भएको हो ।

उनको शव व्यवस्थापनका लागि सेना खटिएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ४ मंगलबार, ११:५६