भक्तपुरः गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समिति भक्तपुरले गणेशमान सिंहको २३ औं स्मृति दिवस आज मनाइएको छ ।

लौहपुरुष वि.सं.२०४६ सालको ऐतिहासिक जन–आन्दोलनका सर्वोच्च कमान्डर एवं नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा कटुञ्जेमा समितिले एक मिनेट मौन स्मरण गरी माल्यार्पण कार्यक्रम गरी मनाएकोे छ ।

कार्यक्रममा पूर्व सांसद लेखनाथ न्यौपाने, प्रदेश सभाका सांसदद्वय शशि जङ्ग थापा र रजनी जोन्छे, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, पूर्व जिल्ला सभापति गणेशमान चक्रधर, नेता माथवर सिंह बस्नेत, गरिबी निवारण कोषका अध्यक्ष निर्मलकुमार भट्टराई लगायत जिल्लाका शीर्ष नेताहरुले स्व. सिंहको तस्विरमा माल्यार्पण गरेको समितिका कार्यवहाक सभापति श्रीकृष्ण बासुले जानकारी दिए ।


कार्यक्रममा बोल्ने नेताहरुले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे ।


प्रकाशित मितिः शुक्रबार, असोज २, २०७७, १६:२०