भक्तपुरः चाँगुनारायण नगरपालिका–१ बस्ने रामेछाप सुनापती गाउँपालिका–५ घर भएका ३४ वर्षीय मान बहादुर तामाङ समेत २ जनालाई गोरुको मासु अन्दाजी १२ किलो सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले सोही नगरपालिका न्यौपाने गाउँमा बा ३ ख ३२०५ नम्बरको निशान गाडी जाँच गर्ने क्रममा उक्त मासु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २९ शनिबार, १९:३४