भक्तपुर: भक्तपुर नगरपालिका–२ कालोपाटीमा आज दिउँसो ५ तला पक्की घरको बाहिरी इट्टाको गाह्रो लगाउने क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको बर्दिबास घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका–५ कटुन्जे बस्ने अन्दाजी ३५ वर्षीय डम्बर मगर रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

स्थानीय सुनिल थिमीको घरको बाहिरी इट्टाको गाह्रो लगाउने क्रममा मगर अचानक ५ तला माथिबाट लडी भुइ तलामा बजारिदा गम्भीर घाइते भएकोमा तत्कालै स्थानीयहरुको सहयोगमा उपचारको लागि डा. इवामुरा अस्पताल भक्तपुर पठाइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत्त घोषणा गरेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।


घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको उनले जानकारी दिए ।


प्रकाशित मितिः २०७७ साल पुस २६ गते आइतबार, १७:४६