भक्तपुरः १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका–१ घर भई हाल मध्यपुर थिमि नगरपालिका–९ बोडे बस्ने २१ वर्षीय सोमराज परियार रहेको प्रहरीले जनाएको छ ।

ती किशोरीलाई बिहीबार साँझ सोही ठाउँस्थित निलबाराही जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले सोमराजलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शनिबार, असार ६, २०७७, १८:२६