भक्तपुरः सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक बस्ने म्याग्दी जामरुकोट घर भएका ३० वर्षीय पुरुषको १ तोला सुनको सिक्री आज दिउँसो लुटपाट भएको छ ।

सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक नजिकबाट हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले उक्त सिक्री लुटपाट गरेको बताइएको छ ।

लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २३ आइतबार, १७:१६