भक्तपुरः भक्तपुरमा रहेका विभिन्न होटल, रेष्टुरेन्ट तथा खाजाघरबाट अनैतिक कार्यमा संलग्न रहेको आशंकामा १६ जनालाई पक्राउ गरेको छ ।

अरनिको राजमार्ग आसपासमा खुलेका यस्ता होटल, खाजाघर र रेष्टुरामा अनैतिक क्रियाकलाप हुने गरेको गुनासो आएसँगै छापा मारेर १६ जनालाई पक्राउ गरेको हो ।

छापा मार्ने क्रममा ८ पुरुष र ८ जना महिलालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीमा राखिएको छ ।

वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीका अनुसार स्थानीय जनताहरुले गुनासो गरेपछि प्रहरीले छापा मारेको र उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो ।

उनका अनुसार, पिसफुल, प्याराडाइज, कस्तुरी खाजाघर, ए–वान र थकाली खानाघरबाट उनीहरुलाई नियन्त्रण लिएको हो ।



प्रकाशित मितिः शनिबार, फागुन १७, १४:५१