भक्तपुरः चाँगुनारायण नगरपालिका–४ न्याचोपौवास्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा शनिबार राति प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ बस्ने २३ वर्षीय सुलभ नापित रहेका छन् ।

बिना कागजपत्र बा ४० प ५६७० र प्रदेश ३–०२–००३ प ७०८३ नम्बरको मोटरसाइकलमा सवार नापित समेतका ४ जनालाई प्रहरी चौकी चाँगुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले डिउटीमा खटिएका प्रहरीसँग विवाद गर्नुका साथै हातपात गरी अभद्र व्यवहार गरेपछि उक्त कार्यमा संलग्नमध्ये नापितलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य ३ जनाको खोजी गरिरहेको छ ।


साथै प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १४ आइतबार, १८:३२