
भक्तपुरः मध्यपुर थिमि नगरपालिका–४ नयाँठिमी चोकबाट ड्यूटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई सोमबार राति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका–२ घर भई भक्तपुर थिमि चारदोबाटो बस्ने ३३ वर्षीय ध्रुब बस्नेत रहेका छन् ।
मादक पदार्थ सेवन गरी आएका बस्नेतले उक्त ठाउँमा ड्यूटीमा खटिएको प्रहरी टोलीलाई हातपात समेत गरी अभद्र व्यवहार गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७८ साल साउन १२ गते मंगलबार, १२:१६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook