भक्तपुरः मध्यपुर थिमि नगरपालिका–१ मनहरास्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा प्रहरीले एक जनालाई मंगलबार बेलुकी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर बालकुमारी बस्ने रामेछाप लिखु गाउँपालिका–६ घर भएका २८ वर्षीय ज्ञान नारायण श्रेष्ठ रहेका छन् ।

काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा ८४ प ७१९५ नम्बरको मोटरसाइकलले ट्राफिक चेकिंङमा खटिएको प्रहरीलाई सामान्य ठक्कर दिए पश्चात प्रहरीलाई प्रभावमा पार्न उक्त नगद दिन खोजे पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रकाशित मितिः २०७७ साल फागुन १२ गते बुधबार, १३:३४