भक्तपुर: भक्तपुर अस्पतालमा स्वाव संकलन गरेको चार जनामा बुधबार कोरोना भाइरस संक्रमण पुष्टि गरेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ बस्ने बर्ष ३२ का प्रहरी परिसर भक्तपुरको सञ्चारमा कार्यरत पुरुष प्रहरी, भक्तपुर नगरपालिका वडा नं. ६ भोलाछेंका २२ बर्षिय पुरुष, चितवन घर भई हाल ललितपुर टिकाथली बस्ने बर्ष ५० को पुरुष, र कुवेतबाट जेठ ३० गते फर्किएर नवलपरासी गैंडाकोट स्थायी घर भएकी २२ बर्षिया महिलामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए ।

उनीहरुलाई थप उपचारको लागि टेकु अस्पताल र पाटन अस्पतालमा लागिएको प्रमुख मिजारले बताए ।


महानगरिय प्रहरी परिसर भक्तपुरको सञ्चार शाखामा कार्यरत प्रहरीलाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएसँगै परिसरको सञ्चार शाखामा शिल गरिएको छ । सार्थ सो स्थानमा कार्यरत अन्य कर्मचारीलाई सञ्चार शाखामा नै क्वारेनन्टाइनमा राखिएको भक्तपुर परिसरका प्रमुख एसपी सबिन प्रधानले जानकारी दिए । उनका अनुसार बिहिवार कन्टाक्ट ट्रेसीङ गरि स्वाव संकलन पनि गरिने छ ।

चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ बस्ने बर्ष ३२ को प्रहरी कर्मचारी संन्चो नभएकोले ४ दिन अगाडी देखि घरमई बस्दै आएको प्रधानले जानकारी दिए । भक्तपुरका स्थानिय संक्रमित बस्ने वडा नं. ६ भोलाछें टोलमा उनी बस्ने घर भएको गल्लिमा प्रहरीले शिल गरिएको छ ।

त्यस्तै नवलपरासी गैंडाकोट स्थायी घर भएकी २२ बर्षिय महिला कुवेतबाट जेठ ३० गते फर्किएर भक्तपुरको खरिपाटी स्थित नेपाल विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा बस्दै आएकी हुन ।


प्रकाशित मितिः बिहीबार, असार ४, २०७७, १२:१०