भक्तपुरः मध्यपुर ठिमी नगरपालिका–९ बोडेमा आफ्नै १४ वर्षीया बहिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा दाजु पक्राउ परेका छन् ।

बोडेस्थित कृषि तालिम केन्द्र नजिकै जस्ताको टहरोमा बस्दै आएका सिन्धुपाल्चोक घर भएका २३ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सहोदर किशोरी बहिनीलाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने पीडितको किटानी जाहेरीको आधारमा उनलाई शनिबार नै प्रहरीले पक्राउ गरेको परिसरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

पक्राउ परेका उनलाई भक्तपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई जवरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।



प्रकाशित मितिः सोमबार, वैशाख १५, १९:५८