भक्तपुरः सुर्यबिनायक नगरपालिका–८ आदर्श महेश्वरी पेट्रोलपम्प नजिक आज बिहान सवा २ बजेतिर भैंसी बोकेको ट्रक आफैं अनियन्त्रित भई दुर्घटना हुँदा ट्रक चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–१२ का ३० वर्षीय कैमोदिन अन्सारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

अरनिको राजमार्गमा जगातीबाट सुर्यबिनायकतर्फ आउँदै गरेको ना ६ ख ३९८२ नं. को भैंसी बोकेको ट्रक दुर्घटना हुँदा अन्सारी ट्रकको ढोकामा च्यापिएको अवस्थामा रहेकोले क्रेनको सहायताले ट्रकलाई हटाई हेर्दा उनको घटनास्थलमा नै मृत्यु भएको परिसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।


उक्त ट्रकमा रहेका ११ वटा भैंसीहरु सामान्य घाइते भएका छन् ।

मृतकको शव पोष्टमार्टमका लागी केएमसी अस्पताल दुवाकोट पठाईएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १० गते शुक्रबार, १२:४४