भक्तपुरः भक्तपुरमा आज पुलुकिसी अर्थात ऐरावत हात्तीको जात्रा मनाइएको छ । देवराज इन्द्रका विश्वासिलो सेवक पुलुकिसीलाई ऐरावत हात्तीको रुपमा मानिन्छ ।

भक्तपुरको लाकुलाछेंबाट सुरु हुने जात्रा कुमाल टोल, नासमना, इटाछें, दरबार स्क्वायरको रुटमाहुँदै बालाखू, चोछें, भोलाछें, थालाछें, सूर्यमढी हुँदै पुलुकिसी दत्तात्रय लगिन्छ । त्यहाँबाट इनाचो, गोल्मढी हुँदै टौमढी ल्याइन्छ र लाकुलाछेंमै पुगेर जात्रा सकिन्छ ।

लाकुलाछें टोलका बासिन्दाले बाँसको मान्द्रोभित्र दुई व्यक्ति राखेर पुलुकिसी तयार गर्छन् ।


। मान्द्रोमाथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सुँढ समेत राखी बनाइएको पुलुकिसीलाई स्थानीय टौमढीमा रहेको शक्तिशाली भैरवनाथ देवतालाई भक्तिभावका साथ पूजा गर्न लगाई जात्रा सुरु गरिन्छ । नगर परिक्रमा गराउने क्रममा एक जनाले पुलुकिसीको अगाडि घन्टा बजाउँदै पुलुकिसी आएको संकेत गरिन्छ ।

 

जात्राका क्रममा पुलुकिसीलाई वंशगोपालमा धान खुवाइने, दरबारस्क्वायरमा आगो तपाउने र सूर्यमढीको तला तुन्छी ९इनार०मा पानी खुवाउने प्रचलन रहेको छ । नगर परिक्रमा गराउने क्रममा पुलुकिसीको सुँडले कसैलाई छुन नहुने जनविश्वास छ । नगर परिक्रमा गराउँदा सुँडले छोए बिरामी हुने वा मृत्यु हुने जनविश्वास छ ।

 


प्रकाशित मितिः बुधबार, असोज १, १७:४७