भक्तपुर: भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा ईलाम घर भई हाल चाँगुनारायण ९ ताथली फैढोका बस्ने ४६ बर्षीय छवि भण्डारीको मृत्यु भएको छ ।

काठमाण्डौ क्यान्सर अस्पताल नजिक नालाबाट च्यामासिंह तर्फ आउँदै गरेको बा. ६६ प. ७४७४ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई नालीमा खसेको थियो । मोटरसाइकल चालक भण्डारीलाई तत्काल उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । थप आवश्यक अनुसन्धान भइरहेको छ ।


प्रकाशित मितिः कार्तिक २३, शनिवार, १५:४६