भक्तपुरः सुर्यविनायक नगरपालिका–६ पाण्डुबजार हाईटमा रेलिङ हाल्ने क्रममा घरको दुई तलाबाट खसेर आज एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका–५ का ४० वर्षीय इश्‍वर कार्की रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पाण्डुबजार हाइटमा गोविन्द राजकर्णीकारको साढे २ तला पक्की घरको दोस्रो तलामा स्टिलको रेलिङ हाल्ने क्रममा कार्की एक्कासी खसेर गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमिमा उपचारको क्रममा मृत्यु भएको प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

रामेछापको मन्थली नगरपालिका–९ फुलासी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–६ बस्ने ४५ वर्षीय राजन खड्काले उक्त घरमा रेलिङ लगाउन ठेक्का लिएको पाइएको उनले बताए ।


प्रारम्भिक अनुसन्धानको क्रममा उनै ठेकदारमार्फत कार्कीले रेलिङ लगाउन उक्त घरमा गएको पाइएको प्रहरीले जनाएको छ । घटनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २२ गते बुधबार, १७:००