भक्तपुरः सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा शनिबार साँझ रोकी राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका–४ दरबार स्क्वायर बस्ने ३८ वर्षीय लक्ष्मण ट्वाटी रहेका छन् ।

सडक किनारामा रोकी राखेको बा ३ ख ८८०३ नम्बरको टिपरमा सूर्यबिनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ट्वाटी र मोटरसाइकलमा पछाडि चढेकी सूर्यविनायक नगरपालिका–७ की प्रमिला लामा घाइते भएका थिए ।

घाइते दुबैको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचार कै क्रममा ट्वाटीको मृत्यु भएको हो ।


। लामाको भने उपचार भइरहेको महानगरीय प्रहरी वृत्त जगतीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २५ आइतबार, ११:२१