भक्तपुरः भक्तपुरको कटुञ्जे चोकमा आज बिहानै साइकल र स्कुटर आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा स्कुटर चालक काठमाडौंको बानेश्वर बस्ने भोजपुरका ५० वर्षीय प्रकाश राई र साइकलयात्री भक्तपुरको चाँगुनारायण नगरपालिका–५ बागेश्वरीका ३४ वर्षीय गुना बहादुर श्रेष्ठ रहेका छन् ।

आज बिहान सवा ५ बजे प्रदेश–३–०२–०१७ प ५९०४ नम्बरको स्कुटर र साइकल आपसमा ठोकिएर उनीहरु घाइते भएका हुन् ।

घाइते दुवैलाई उपचारको लागि सल्लाघारी स्थित डा. इवामुरा मेमोरियल अस्पताल पठाइएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ९ गते बिहीबार, ११:५४