भक्तपुरः भक्तपुर नगरपालिका–२ वर्खेपाटी स्थितमा रहेको सार्वजनिक पाटीभित्र एक जनाको झुण्डीएको अवस्थामा शव फेला परेको छ ।
मंगलबार बिहान सो पाटीभित्र एक जना व्यक्ति मफलर (गम्छा) को पासो लगाई झुण्डीएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
मृतकको पहिचान नखुलेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
उनका अनुसार मृतक गहुँ गोरो बर्ण, पातलो शरिर, बाँया हातको चोरी औलाको फेदमा A लेखेको ट्याटु खोपेको, फ्रेन्च कट दाह्री काटेको, क्षेत्री बाहुन जस्तो देखिने अन्दाजी ३० वर्षको पुरुष रहेका छन् ।
मृतक शवलाई पोष्टमार्टमको लागी भक्तपुर जिल्ला अस्पताल भक्तपुर पठाइ थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
।
प्रकाशित मितिः २०७७ साल फागुन २६ गते बुधबार, ०७:४३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook