भक्तपुरः भक्तपुर सूर्यविनायक नगरपालिका कटुञ्जको घलातेमा गत १५ महिनादेखि सञ्चालित स्पार्क अर्थो न्यूरो सेन्टरमा उपचार गराइरहेका बिरामीहरुले नयाँ जिवन प्राप्त गरेको बताएका छन् ।

शारीरिक रुपमा असक्त मात्र नभई पूर्ण अपाङ्गता भएका व्यक्तिले समेत स्पार्कले प्रदान गर्ने सेवाबाट नयाँ जिवन प्राप्त गरेका बताएका छन् ।

विभिन्न महंगा अस्पतालमा उपचार गराउँदा पनि रोग निको नभएपछि धेरै बिरामीहरू अर्थो न्यूरो सेन्टर प्रा.लि.मा पुग्ने गरेका छन् ।

गत एक महिनादेखि सेन्टरमा उपचार गराइरहेका कटुञ्जेका कान्छा बखुन्छे स्पार्कमा उपचार गराएर आफूले नव जिवन प्राप्त गरेको बताए ।


स्पार्कमा आउनु अघि बखुन्छेको देब्रे हात पुरै चल्दैन थियो । अहिले उनको देब्रे हात चल्ने मात्र नभई सामान्य काम समेत गर्न मिल्ने अवस्था भएको छ । उनले भने, ‘म यहाँ आउनु अघि मेरो देब्र हातले कामै गर्न छोडेको थियो, अहिले देब्रे हातले टोपी लगाउन, सामान्य सामान उचाल्ने सक्ने भएको छु, मैले यत्ति होला भन्ने सोचेको थिएन । स्पार्कले साँच्चिकै कुजो भएका, शरीरिका कुनै हर नचल्ने र अपाङ्गता भएका व्यक्तिलाई समेत नयाँ जिवन दिएको छ ।’ स्पार्कको उपचारले आफू सन्तुष्ट भएको बखुन्छेको भनाइ छ ।

बखुन्छे जस्तै भक्तपुरको सिपाडोलबाट स्पार्कमै स्वास्थोपचार गर्न आएकी कबिता बस्नेत पनि स्पार्कले प्रदान गर्ने सेवाबाट आफू सन्तुष्ट भएको बताइन् । ‘सेन्टरले प्रदान गर्ने हरेक सेवा प्रभावकारी छन् । यहाँको उपचार पद्दतिले धेरैलाई पुनःर्जिवन दिएको छ’, बस्नेतले भनिन्, ‘यहाँको सेवाबाट म पनि सन्तुष्ट भएको छु । अर्थो तथा न्यूरो सेन्टले विना अप्रेसन र बिना औषधीले धेरै रोग निको पार्ने गरेको छ ।’

अहिले स्पार्कले पक्षघात, मुख बाङ्गिने, शरीरिको एक वा कुनै अङ् नचल्ने, ढाढ कम्मर गर्धन दुख्ने, हड्डी खिइएको र नशा च्यापिएको रोगको सहज र सरल रुपमा उपचार गर्ने गरेको छ । त्यस्तै पिनास, एलर्जी दम र पुरानो खोकी, टाउको दुख्ने, माइग्रेन मानसिक तनाब र डिप्रेसन र अनिद्रा भएका व्यक्तिको समेत सरल रुपमा उपचार हुने गरेको स्पार्क अर्थो न्यूरो सेन्टर प्रा.लिका व्यवस्थापक शिव पौडेलले बताए ।

उनका अुनसार २०७५ साल भदौ २ गते स्थापना भएको स्पार्कको केन्द्रीय अस्पताल कालिमाटी सोल्टीमोडमा बिगत २७ वर्षदेखि सञ्चालन हुँदै आएको छ ।

स्पार्क अर्थो तथा न्यूरो सेन्टर प्रा.लि का फिजियोथेरापिष्ट शितेस यादवले ठूल ठूला अस्पताल धाउँदा पनि रोग निको नभएका व्यक्ति यहाँ उपचारका लागि आउने गरेको जानकारी दिए । हातखुट्टा नचल्ने र नशा च्यापिएका धेरै बिरामीहरु स्पार्कमा आउने गरेका छन् ।

एलोपेथिक, आयुवेदिक र फिजियोथेपारिको आ–आफ्नै भूमिका छ तर शरीरका कुनै अङ्ग नचल्ने भएपछि भने फिजियोथेरापि अनिवार्य भएको यादवले बताए ।

स्पार्कले अहिले बिरामीहरुलाई विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण, फिजियोथेरापी अत्याधुनिक इलेक्टोथेरापिका संयन्त्रहरु रिहाबिलिटेशन लगायतका सेवा प्रदान गर्ने स्पार्क अर्थो न्यूरो सेन्टर प्रा.लि.ले जनाएको छ ।


प्रकाशित मितिः आइतबार, कार्तिक २४, ०७:५५