काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ५२६ जना महिला र ६८१ पुरुष गरी कूल १ हजार २०७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ९१९ जना, भक्तपुरमा १०८ जना र ललितपुरमा १८० जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा २९६ जना, भक्तपुरमा ७६ जना र ललितपुरमा ८१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १६ हजार ४४१, भक्तपुरमा १ हजार २६७ र ललितपुरमा २ हजार ४३१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ६० हजार २६६ जना, भक्तपुरमा ५ हजार ६१३ जना र ललितपुरमा ८ हजार ५३७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ७७ हजार ३ जना, भक्तपुरमा ६ हजार ९५६ जना र ललितपुरमा ११ हजार ५७ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २८ शुक्रबार, १७:२५