काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार ८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ७३७ जना महिला र १ हजार १४१ पुरुष गरी कूल १ हजार ८७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १ हजार ५७० जना, भक्तपुरमा ११९ जना र ललितपुरमा १८९ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा २५६ जना, भक्तपुरमा ६८ जना र ललितपुरमा ६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १६ हजार ४२०, भक्तपुरमा १ हजार ११४ र ललितपुरमा २ हजार २७४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ५० हजार ६८२ जना, भक्तपुरमा ४ हजार ९०३ जना र ललितपुरमा ७ हजार १६५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ६७ हजार ३५८ जना, भक्तपुरमा ६ हजार ८५ जना र ललितपुरमा ९ हजार ५०३ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १९ बुधबार, १६:३६